सोमालियामा आत्मघाती विष्फोट : ४ जना सैनिकको मृत्यु

बुधबार, चैत १, २०७९

मोगादिसु– दक्षिणी सोमालियामा मङ्गलबार भएको आत्मघाती आक्रमणमा कम्तीमा चार सैनिकको मृत्यु हुनाका साथै क्षेत्रीय गभर्नरसहित नौ जना घाइते भएका छन् ।

जिल्ला आयुक्त मोहम्मद वली युसुफले फोनमा पत्रकारहरूलाई दिएको जानकारीअनुसार अल–शबाब आतङ्ककारीहरूले गेदो क्षेत्रको बर्धेरे सहरमा रहेको क्षेत्रीय अतिथि गृहमा आत्मघाती कार बम हमला गरेको बताएका छन् ।

विस्फोटक पदार्थले भरिएको गाडीमा आएका अतिवादीहरूले प्रहरी चौकी नजिकै रहेको गेस्ट हाउसमा आक्रमण गर्दा भवनको अधिकांश भाग ध्वस्त भएको पनि उनले बताएका छन् ।

पछिल्लो आक्रमणको जिम्मेवारी अल–शबाब चरमपन्थीहरूले लिएका छन् । यसैबीच स्वतन्त्र स्रोतले भने अझ बढी हताहत भएको बताएको छ ।

सोमाली राष्ट्रिय सेना र क्षेत्रीय अधिकारीहरूले यस क्षेत्रमा लडाकुहरू विरुद्ध कारबाही गर्ने तयारी गरिरहेका बेला उक्त आक्रमण भएको हो ।
 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  ०६:१४
प्रतिक्रिया दिनुहोस्