फिलिपिन्समा तेल चुहावट : १ लाख मानिस प्रभावित, १२२ जना बिरामी

मंगलबार, फागुन ३०, २०७९

मनिला– फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको तटमा डुबेको तेल ट्याङ्करबाट तेल चुहिँदा झन्डै एक लाख मानिस प्रभावित भएका छन् भने र १२२ जना बिरामी परेका छन् । 

प्रान्तीय गभर्नर हुमरलिटो डोलोरले सोमबार जनाएअनुसार फेब्रुअरी २८ मा डुबेको सो ट्याङ्कर ८ लाख लिटर क्षमताको भएको र त्यसबाट निस्किएको तेलको विस्तारलाई नियन्त्रण गर्न अधिकारीहरूले अझै पहल गरिरहेका छन्।

डोलोरले स्थानीय रेडियोलाई बताएअनुसार केन्द्रीय राजधानी मनिलाको दक्षिणपश्चिममा रहेको प्रान्तका १२२ बासिन्दाहरूमा त्यसबाट उत्पन्न खराबीले श्वासप्रश्वाससम्बन्धी समस्या र बान्ता र पखाला  भोगेका छन् ।।

‘पोला सहर धेरै क्षतिग्रस्त  भएको र यसका सबै तटीय गाउँहरू तेलले ढाकेको छ,’ डोलोरले भने ।  सहर भरि नै माछा मारेको जस्तो देखिएको छ भने समुद्री घाँस, कोरल र म्यान्ग्रोभहरू क्षतिग्रस्त भएका छन्।

पानी प्रदूषण र समुद्रको किनारमा परेको तेलको गन्धका कारण समुद्री दुर्घटना भएको समाचार आएपछि अधिकारीहरूले माछा मार्नेहरूलाई माछा मार्न रोक्न आग्रह गरेका थिए । 

फिलिपिन्सको युनिभर्सिटीको मरिन साइन्स इन्स्टिच्युटले यसबाट तटीय माछा, कोरल, क्रस्टेशियन, मोलस्क, समुद्री घाँस र म्यान्ग्रोभको  उच्चता भएको र देशका अन्य क्षेत्रहरूमा पुग्ने खतरा रहेको पनि औल्याएका छन् ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले सरकारी एजेन्सीहरूलाई तेलबाट उत्पन्न असरलाई नियन्त्रण गर्न निर्देशन दिएका दिएका छन् । उक्त तेल ट्याङ्कर  लुजोन टापुको बटान प्रान्तबाट मध्य फिलिपिन्सतर्फ ८ लाख लिटर औद्योगिक तेल ढुवानी गर्न जाँदै गर्दा ओरिएन्टल मिन्डोरो प्रान्तको तटमा डुबेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  ०६:००
प्रतिक्रिया दिनुहोस्