आफ्नै कार्यालयमा भएको विष्फोटमा अफगानिस्तानका बाल्ख गभर्नरको मृत्यु

शनिबार, फागुन २७, २०७९

काबुल– उत्तरी अफगानिस्तानको बाल्खमा तालिबानद्वारा नियुक्त गभर्नरको आफ्नै कार्यालयमा भएको विष्फोटमा मृत्यु भएको छ ।

बल्खको सुरक्षा विभागका प्रवक्ता मोहम्मद आसिफ वाजिरीले तालिबानद्वारा नियुक्त गभर्नर मोहम्मद दाउद मुजामिल उक्त विस्फोटमा मारिएको पुष्टि गरेका छन्। 

आज बिहान करिब ९ बजे, बल्खका गभर्नर मोहम्मद दाउद मुजामिललाई विस्फोटक पदार्थ बोकेका एक व्यक्तिले आत्मघाती  विस्फोट गराउँदा गभर्नर सहित दुई नागरिकसहित मारिएका छन् ।

त्यसैगरी विष्फोटबाट अन्य चारजनाको मृत्यु भएको छ जसमा तीन सैन्य सदस्य र एक सर्वसाधारण नागरिक रहेको बुझिएको छ । 

यसैबीच इस्लामिक इमिरेट्सका प्रवक्ता जबिउल्लाह मुजाहिदले पनि ट्विटरमा प्रान्तीय गभर्नरको हत्याप्रति दुःख व्यक्त गरेका छन्।

बल्खको सुरक्षा विभागको विज्ञप्तिमा भनिएको छ । आत्मघाती भेस्ट लगाएका एक व्यक्तिले प्रान्तीय गभर्नरको कार्यालय नजिकै दोस्रो तलामा आफूलाई विष्फोट गराई उक्त  हत्या गरेको  टोलो न्युजले जनाएको छ ।  

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १३:२३
प्रतिक्रिया दिनुहोस्