पाकिस्तानमा ५ जना आतंककारी मारिए

शनिबार, फागुन २७, २०७९

इस्लामावाद– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा गरिएको सैन्य कारबाहीमा पाँच आतंककारी मारिएका छन् ।  

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आइएसपीआर)ले जनाएअनुसार सुरक्षा बलहरूले प्रान्तको उत्तरी वजिरिस्तान र दक्षिण वजिरिस्तान जिल्लाहरूमा कारबाही सुरु गरेको छ।

‘अपरेसनका क्रममा तीव्र गोली हानाहान भएको र त्यसमा पाँचजना आतंककारी मारिएका छन्,’ सेनाको विज्ञप्तिमा भनिएको छ ।

मारिएका आतंककारीहरूबाट हतियार, गोलाबारुद र ठुलो परिमाणमा अन्य हतियारजन्य उपकरण पनि बरामद गरिएको पनि सेनाले जनाएको छ  । 
 

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १३:१६
प्रतिक्रिया दिनुहोस्