नेभिगेशन
सुरक्षा–अपराध

अपशव्द बोलेको आरोपमा कोल्हवी–५ का वडाध्यक्ष पक्राउ

काठमाडौँ– बाराको कोल्हवी नगरपालिका–५ का वडाध्यक्ष नन्दकिशोर चौधरी पक्राउ परेका छन् ।

वडाध्यक्ष चौधरीलाई डिभिजन वन कार्यालयको टोलीले आज पक्राउ गरेको हो ।

वन डिभिजन कार्यालय बाराका वन अधिकृत विनोदकुमार सिंहलाई अपशव्द बोलेको आरोपमा उनी परेका हुन् ।

एउटा जमिनमा अक्रिमण हटाएर वन डिभिजन कार्यालयले वृक्षारोपण गरेको विषयमा छलफल गर्ने क्रममा वडाध्यक्ष चौधरीले अपशब्द प्रयोग गरेको बताइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध