राष्ट्रसंघले भन्यो– दुई–तिहाइ अफगान नागरिकलाई मानवीय सहायता आवश्यक छ

शुक्रबार, फागुन २६, २०७९

एजेन्सी– अफगानिस्तानका कम्तीमा पनि दुई करोड ८० लाख अफगान नागरिकलाई तत्कालै मानवीय सहयाताको खाँचो रहेको एकजना संयुक्त राष्ट्रसंघीय विशेष दूतले बताएक छन् । 

उनले बुधबार भनेका थिए, ‘अफगानिस्तानको कम्तीमा पनि दुई–तिहाइ जनसंख्याका लागि खाना तथा जीवन रक्षाकै लागि आवश्यक अत्यावश्यक सामग्रीको आवश्यकता परेको छ ।’

ती दूतका अनुसार यस वर्ष त्यहाँका दुई-तिहाइ नागरिकलाई जीवन रक्षाकै लागि सो सामग्री आवश्यक परेको छ र यसका लागि चार अर्ब डलरभन्दा बढी रकम आवश्यक परेको छ । यस वर्ष सो रकमको व्यवस्था गर्न नसक्ने हो भने त्यहाँको अवस्था निकै नाजुक हुन पुग्ने पनि बताइएको छ ।

अफगानिस्तानका लागि राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसका विशेष प्रतिनिधि रोजा ओटुबयाभाले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार युद्धमा परेको र हाल तालिबान सरकार रहेको यस देशमा खाद्यान्न र नागरिकका आधारभूत आवश्यकताहरूको खाँचो दिनप्रतिदिन पर्दै गएको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  ०६:१३
प्रतिक्रिया दिनुहोस्