भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ –भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन भएको छ । उनको ६६ वर्षको उमेरमा निधन भएको अहो ।

सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यङ्ग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए ।

‘रूप की रानी चोरोका राजा’ फिल्मबाट निर्देशन क्षेत्रमा प्रवेश गरेका कौशिकले ‘हम आपके दिलमे रहते है’, ‘तेरे नाम’ लगायतका चर्चित फिल्मको निर्देशन गरेका थिए ।

उनले नेसनल स्कूल अफ ड्रामा, नयाँ दिल्ली तथा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट, पुनामा अभिनय सिकेका थिए ।

कौशिकले अभिनय गरेका ‘मिस्टर इन्डिया’, ‘दिवाना मस्ताना’ चर्चित फिल्महरू हुन् । उनले सन् १९९० मा ‘रामलखन’ र सन् १९९७ मा ‘साजन चले ससुराल’ फिल्मबाट फिल्म फेयर बेस्ट कमेडियन अवार्ड पाएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्