नेभिगेशन
अर्थ विविध

आर्थिक सुशासन र खर्च प्रभावकारिताको हिसाबले अर्थतन्त्र जोखिममा : डा.वाग्ले

काठमाडौँ –अर्थविद् प्रा.डा. अच्युत वाग्लेले सरकारले क्षमतावान अर्थमन्त्री बनाएर तत्काल वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

अर्थविद् डा. वाग्लेले अर्थतन्त्रको वर्तमान समस्या समाधान गर्न

प्रधानमन्त्रीले अर्थतन्त्र बुझेको क्षमतावान अर्थमन्त्री बनाएर तत्काल वर्तमान वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्ने बताए ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या आगामी वर्षको बजेटमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

प्रा.डा. वाग्लले देशको अर्थतन्त्र आर्थिक सुशासन र खर्च प्रभावकारिताको हिसाबले असाध्यै जोखिमपूर्ण अवस्थामा रहेको पनि बताए । चालु आर्थिक वर्षको ८ महिना सकिन लाग्दा समेत सरकारको पुँजीगत खर्च २० प्रतिशत मात्रै भएको भन्दै यसमा राज्यको खर्च गर्ने क्षमतामा गम्भीर प्रश्न उठेको यनको भनाइ छ ।

‘सरकारले समयमा नै पुँजीगत खर्च बढाउन नसक्दा अर्थतन्त्रमा एकपछि अर्को बहुआयामिक खालका समस्याहरू आइरहेको दछ’, उनले भने ।

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभावदेखि विकास निर्माण ठप्प, उत्पादकत्वमा कमी जस्ता समस्या विद्यमान रहेको उनको भनाइ छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध