नेभिगेशन
अर्थ विविध

सरकारको वाणिज्य नीति तथ्यमा आधारित छैन : अच्युत वाग्ले

काठमाडौँ– अर्थविद् तथा काठमाडौं विश्वविद्यालयका प्रोफेसर प्रा.डा. अच्युत वाग्लेले सरकारका वाणिज्य नीतिहरू तथ्य तथ्याङ्कमा आधारित नभएको बताएका छन् । 

मंगलबार काठमाडौं विश्वविद्यालय र विश्व व्यापार संगठनले आयोजना गरेको व्यापार खुलापनले ल्याउने आर्थिक विकास र व्यवसायको दिगोपनसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले सरकारले बनाउने वाणिज्य नीतिहरू तथ्य तथ्याङ्कमा आधारित बनाउन सहयोग मिल्ने सम्मेलनको उद्देश्य रहेको पनि बताए । नेपालमा उत्पादन भएका वस्तुहरूको विदेशमा निर्यात बढाउन वाणिज्य नीति तथ्य तथ्याङ्कमा आधारित भएर बनाउन आवश्यक रहेको बताए । 

उनले तथ्य तथ्याङ्कमा आधारित भएको नीति नबनाएसम्म नेपालबाट विदेशमा कति वस्तु निर्यातको सम्भावना छ र अहिलेसम्म कति निर्यात भएको छ भन्ने विषयमा जानकारी नहुने उनले बताए । 

उनले सम्मेलनमा सरकारले बनाएका वाणिज्य नीतिहरू किन प्रभावकारी नभएको भन्ने बारेमा कार्यपत्र प्रस्तुत गरिने जानकारी दिए । 

उनले नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत पुग्न लागेको भन्दै आर्थिक दिगोपनका दृष्टिले जोखिमपूर्ण रहेको बताए ।

सम्मेलन मंगलबार र बुधबार गरी २ दिन चल्नेछ । सम्मेलनमा भारत र पोल्यान्डका प्रोफेसरहरूको सहभागिता छ भने भारतबाट पूर्व वाणिज्य सचिव अनुप वाधवानको समेत सहभागिता छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध