पाकिस्तान विस्फोट : ४ जनाको मृत्यु, ९ जना घाइते

सोमबार, फागुन २२, २०७९

इस्लामावाद- पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा सोमबार गाडी बिस्फोट हुँदा ४ सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य ९ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

उक्त दुर्घटना बोलान जिल्लामा भएको हो । सिबीका जिल्ला प्रहरी अधिकारी युसुफ करिम भानघरले बताए अनुसार सिबी जिल्लाको सीमा क्षेत्रस्थित बलुचिस्तान कन्स्टेबुलरीका अर्धसैनिक फौजको ट्रकमा हमला भएको थियो ।   

विस्फोटको प्रकृति अझै खुल्न नसकेको बताउँदै उनले अनुसन्धानका लागि सो क्षेत्र नाकाबन्दी गरिएको बताए । आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन ।

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १५:५६
प्रतिक्रिया दिनुहोस्