प्यालेस्टिनी क्षेत्रका जनतालाई शान्त रहन जोर्डनका नरेशको आग्रह

सोमबार, फागुन २२, २०७९

अम्मान- जोर्डनका नरेश अब्दुल्लाह द्वितीयले प्यालेस्टिनी क्षेत्रका जनतालाई शान्त रहन आग्रह गरेका छन् । उनले आइतबार सो आग्रह गरेका हुन् ।

उनले प्यालेस्टिनी क्षेत्रका नागरिकलाई शान्त र संयमित रहन आग्रह गरेकाे नरेश अब्दुल्लाह द्वितीयको सचिवालयको विज्ञप्तिमा जनाइएको छ ।

यस क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्नुपर्नेमा जोड दिँदै यसका लागि सबै नागरिक शान्त र संयमित रुपमा रहनुपर्नेमा जोड दिइएको थियो ।

उनले अम्मानमा संयुक्त राज्य अमेरिकाका रक्षामन्त्री लियोड अस्टिनसँगको भेटका क्रममा सो आग्रह गरेका हुन् ।

सो भेटका क्रममा उनले इजरायल र प्यालेस्टाइनबीचको समस्या समाधानका लागि मार्ग तय गर्न पनि अमेरिकी रक्षामन्त्रीलाई आग्रह गरे ।

दुवैतर्फको सहमति र सहकार्यमा शान्तिपूर्ण माध्यमबाट इजरायल प्यालेस्टाइनी समस्याको समाधान गर्नुपर्नेमा उनले जोड दिए ।

अमेरिकी रक्षामन्त्री अस्टिन जोर्डनको भ्रमणका लागि आइतबार राजधानी अम्मान पुगेका छन् । 
 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १५:५२
प्रतिक्रिया दिनुहोस्