सहिद स्मारक ‘ए’ डिभिजन : आर्मी र संकटाले अंक बाँडे

आइतबार, फागुन २१, २०७९

काठमाडौँ –सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबले अंक बाँडेका छन् ।

दशरथ रंगशालामा आइतबार सिजनको आफ्नो पहिलो खेलमा संकटा र आर्मीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

यता च्यासल रंगशालामा भएको खेलमा सातदोबाटो युथ क्लबले जित निकालेको छ ।

लिगमा विजयी सुरुवात गर्ने क्रममा सातदोबाटोले न्युरोड टिम (एनआरटी) लाई २–१ गोलले पराजित ग¥यो ।

सातदोबाटोका लागि दुवै गोल दिपकराज सिंह ठकुरीले गरे। उनले ४५ र ८४ मिनेटमा गोल गरेका थिए ।

एनआरटीका लागि निकोलासले पहिलो हाफको इन्जुरी टाइममा बराबरी गोल गरेका थिए ।
 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १७:४४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार