नेभिगेशन
अर्थ विविध

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा स्काई भोड्का सार्वजनिक

काठमाडौं– उच्च गुणस्तरको स्पिरिट उत्पादन गर्दै आएको नेपालकै एक प्रतिष्ठित र अग्रणी उत्पादक कम्पनी जावलाखेल गु्रप अफ इन्डस्ट्रिजले नयाँ ‘स्काई भोड्का’ सार्वजनिक गरेको छ । 

सन् १९९२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा उत्पादित स्काई भोड्का गुणस्तर र स्वादको लागि एक नयाँ स्टान्डर्ड भएको कम्पनीले बताएको छ । 

नेपाली बजारमा विशेष एवं फरक स्वाद पस्किन प्रिमियम भोड्का ब्राण्ड बजारमा ल्याइएको कम्पनीले बताएको छ । 

५ पटक डिस्टिल गरी तयार भएको स्काई भोड्कामा फलफूल र टोस्ट गरिएको अन्नको स्मूथ रिफ्रेसिङ टेस्ट रहेकाे र यसलाई निट वा ककटेलसँग पिउँदा अझ उत्कृष्ट एवं मनमोहक स्वाद आउने कम्पनीले जनाएको छ । 

उत्कृष्ट तथा रिफ्रेसिङ टेस्टेको विशेषता रहेको स्काई भोड्का आकर्षक कोबाल्ट ब्लु प्रिमियम बोतलमा ७५० मिलि र १८० मिलि बजारमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध