जितसँगै सिटी दोस्रो स्थानमा कायमै

आइतबार, फागुन २१, २०७९

काठमाडौँ– जितसँगै म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा कायमै रहेको छ ।

गएराति घरेलु मैदानमा न्युक्यासल युनाइटेडमाथि २–० गोल अन्तरको जित निकाल्दै सिटी लिगको दोस्रो स्थानमा कायमै रहेको हो ।

यससँगै सिटीले लिग लिडर आर्सनलमाथि दबाव कायमै राख्न सफल भएको छ ।

जितपछि सिटी २६ खेलबाट ५८ अंकका साथ दोस्रो स्थानमा छ । शीर्ष स्थानको आर्सनलको ६३ अंक छ ।

इत्तेहाद स्टेडियममा साविक विजेता सिटीले १५औँ मिनेटमा फिल फोडेनको सोलो गोलमार्फत अग्रता लिएको थियो । सब्सिच्युटका रूपमा मैदान प्रवेश गरेका बर्नाडो सिल्भाले ६७औँ मिनेटमा गोल थपेपछि सिटीले जित सुनिश्चित गरेको हो ।

पराजित न्युक्यासल २४ खेलबाट ४१ अंकका साथ पाँचौं स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  ०६:५८
प्रतिक्रिया दिनुहोस्