प्रेमिका सबा आजादसँग बिहे गर्दै ऋतिक रोशन

शुक्रबार, फागुन १९, २०७९

काठमाडौँ –सम्बन्ध विच्छेद गरेर बसेका बलिउड अभिनेता ऋतिक रोशनले बिहे गर्ने तयारी गरेका छन् । 

बलिउड लाइफका अनुसार ऋतिकले प्रेमिका सबा आजादसँग आगामी नोभेम्बरमा विवाह गर्ने भएका हुन् । 

दुई छोराका पिता ऋतिकले सुजेन खानसँग २०१४ मा सम्बन्धविच्छेद गरेका थिए । सम्बन्धविच्छेद गरे पनि उनीहरू छोराहरूका कारण बेलाबेला भेटघाट गर्छन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  २१:५४
प्रतिक्रिया दिनुहोस्