बैंक कर्मचारीलाई सुरक्षा दिन आग्रह

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ –बैंकमा काम गर्ने कर्मचारीले असुरक्षित हुन थालेपछि नेपाल बैंकर्स संघले सरकारसँग सुरक्षा माग गरेको छ ।

संघका अध्यक्ष सुनिल केसीको नेतृत्वमा गएको टोलीले गृहसचिव विनोदप्रकाश सिंह तथा नेपाल प्रहरीका प्रमुख धिरजप्रताव सिंहलाई भेटेर सुरक्षा माग गरेको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने भन्दै अराजक गतिविधि बढ्न थालेको भन्दै टोलीले सुरक्षाको प्रत्याभूति गरिदिन आग्रह गरेको हो ।

गृहसचिव र प्रहरी प्रमुखले बैंकर्स संघको टोलीलाई सुरक्षा प्रदान हुने आश्वासन दिएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १५:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निक्षेपको ब्याजदर स्थिर राखिने
बिहीबार, फागुन १८, २०७९