अष्ट्रेलियामा १२ वर्षीय छोराकै अगाडि बाबुको गोली हानी हत्या

बिहीबार, फागुन १८, २०७९

सिड्नी– अष्ट्रेलियामा एक १२ वर्षीय बालकका अगाडि गोली हानेर उनका बाबुको हत्या भएको छ ।

मार्शल आर्ट जिममा प्रवेश गर्ने योजनामा रहेका एक व्यक्तिलाई निजकै कारभित्र गोली हानी हत्या गरिएको साउथ वेल्स राज्यको प्रहरीले जनाएको छ । 

गोली प्रहारका बेला उनका छोरा साथमै रहेको प्रहरीले एक विज्ञप्ति निकालेर बताएको छ ।   प्रहरीले यो संगठित अपराधको लक्षित आक्रमण भएको आशंका गरेको छ ।

४० वर्षीय ती व्यक्तिलाई गोली लागेको अवस्थामा भेटिएको तथा चिकित्सा सहायकहरूको प्रयासका बाबजुद उनको घटनास्थलमै मृत्यु भएको थियो । हत्याको कारण खुलेको छैन । प्रहरी अनुसन्धान जारी छ । 

हिंसात्मक उक्त आक्रमणबाट ती बालकलाई मानसिक आघात पुगेको ठानिएको छ ।

माज्दा कार चढेर आएका आक्रमणकारीले हत्यापछि उक्त कार जलाएको जनाउँदै प्रहरीले त्यससम्बन्धी क्लोज सर्किट टेलिभिजन फुटेजका लागि स्थानीय बासिन्दासँग अनुरोध गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १२:३२
प्रतिक्रिया दिनुहोस्