नेभिगेशन
अर्थ विविध

सुदूरपश्चिमका व्यवसायीहरू निरन्तर आन्दोलनमा, बैंकमा कारोबार बन्द

कैलाली –बैंकहरूले लिइरहेको चर्को ब्याजदरविरुद्ध सुदूरपश्चिमका उद्योगी व्यवसायीहरू निरन्तर आन्दोलन गरिरहेका छन् ।

१५ फागुनदेखि हरेक दिन बिहान ११ बजेसम्म बजार बन्द गरेर सरकारलाई दबाब दिइरहेका उनीहरूले बिहीबार बैंकहरूमा कारोबार बन्द गरेका छन् ।

बिहीबार बिहान धनगढीको चटकपुरबाट चौराहा हुँदै पार्क मोडमा पनि उनीहरूले प्रदर्शन गरेका छन् । कैलालीमा भइरहेको यस्तै आन्दोलन सुदूरपश्चिम प्रदेशका सबै जिल्ला तथा नगरहरूमा समेत भइरहेको छ । सरकारले ब्याजदर नघटाउँदासम्म आन्दोलन जारी राख्ने चेतावनी समेत उनीहरूले दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूसँगको समन्वयपछि आन्दोलनका कार्यक्रम तय गरेको छ । सोहीअनुसार सबै जिल्ला र नगरमा आन्दोलन भइरहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

गण्डकीमा घट्दै बर्खे धान खेती