प्रिमियर लिग :

उल्भ्सलाई हराएको लिभरपुल छैटौँ स्थानमा उक्लियो

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्समाथि लिभरपुलले जित निकालेको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले उल्भ्सलाई २–० गोल अन्तरले हराएको हो ।

लिभरपुलको जितमा भिर्गिल भान डाइक र मोहमद सलाहले एक–एक गोल गरे ।

खेलको ७३ औँ मिनेटमा डाइकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए  भने ७७ औँ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।

जितसँगै लिभरपुल लिगको छैटौँ स्थानमा उक्लिएको छ । लिभरपुलले २४ खेलमा ३९ अंक जोडेको छ ।

उल्भ्स भने २४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।


 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ०८:४४
प्रतिक्रिया दिनुहोस्