प्रिमियर लिग :

सहज जितसँगै शीर्ष स्थानको आर्सनलले लियो ५ अंकको अग्रता

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले जित निल्दै स्पष्ट ५ अंकको अग्रता लिएको छ ।

गएराति भएको खेलमा आर्सनलले एभर्टनलाई ४–० गोल अन्तरको सहज जित निकाल्दै दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग स्पष्ट ५ अंकको अग्रता लिएको हो ।

घरेलु मैदानमा खेलको ४० औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाउँदा पहिलो हाफको इन्जुरी समयमा गाब्रिएल मार्टिनेलीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए ।

खेलको ७१ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई ३–० को अग्रता दिलाए भने त्यसपछि ८० औं मिनेटमा मार्टिनेलीले नै व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ४–० को सहज जित दिलाए ।

जितसँगै शीर्ष स्थानको आर्सनलले २५ खेलमा ६० अंक जोडेको छ ।

पराजित एभर्टन भने २१ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ०८:२६
प्रतिक्रिया दिनुहोस्