नेभिगेशन
अर्थ विविध

कर नबुझाउनेलाई कारबाही

वीरगन्ज– आन्तरिक राजस्व कार्यालय वीरगन्जले लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही गर्ने भएको छ । 

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने मूल्य अभिवृद्धि करका ४०३ र आयकरका ४२९ करदातामाथि कारबाही प्रक्रिया सुरु भएको कार्यालयले जनाएको छ । 

प्रमुख कर अधिकृत ढाकाराम तिवारीले भने, ‘पहिलो चरणमा करदातालाई १५ दिने र ७ दिने पत्र पठाइसकेका छौँ । यसपछि पुनः ३ दिनको पत्र पठाउने छौँ ।’ पत्र प्राप्त गरेर पनि बक्यौता नबुझाए उनीहरूको बैंक खाता रोक्का गरिने उनले जानकारी दिए । जिल्लामा १ लाख २४ हजार ३०५ करदाता रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

गण्डकीमा घट्दै बर्खे धान खेती