लागुऔषध तस्करीको अभियोगमा १० जना पक्राउ

बुधबार, फागुन १७, २०७९

हेरात– अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा अफगान प्रहरीले १० जनालाई पक्राउ गरेको छ । 

प्रान्तीय प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिअनुसार कथित तस्करहरूलाई प्रान्तीय राजधानी हेरातबाट २९ किलो चरेस र हेरोइन उत्पादनमा प्रयोग हुने सामग्रीका साथ पक्राउ गरिएको हो । 

यसैबीच, अफगानिस्तानको ‘काउन्टर नोर्कोटिक्स पुलिस’ले गत शनिबार उत्तरी सामगन र पश्चिमी फराह प्रान्तमा लागुऔषध तस्करीमा संलग्न भएको अभियोगमा २ जनालाई पक्राउ गरेको थियो । 

अफगानिसतानको तालिबान प्रशासनले चरेस उत्पादन एवं प्रशोधनमा प्रतिबन्ध लगाएको छ भने लागुऔषध ओसारपसारलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार