ग्रिसमा रेल दुर्घटनामा ३२ जनाको मृत्यु

बुधबार, फागुन १७, २०७९

काठमाडौँ– ग्रिसमा मंगलबार अबेर राति दुइटा रेल आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु हुनुका साथै कम्तीमा ८५ जना घाइते भएको समाचार प्राप्त भएको छ ।

ग्रिसको लारिसा सहरन जिकैको मध्य ग्रिसको टेम्पीमा मंगलबार साँझ ३५० जनाभन्दा बढी यात्रु बोकेको यात्रुवाहक रेल मालवाहक रेलसँग ठोक्किँदा कम्तीमा ३२ जनाको मृत्यु भएको ग्रिसको फायर सर्भिसले जनाएको छ ।

उद्धारको प्रयास जारी रहेको र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । २ रेलबीचको टक्करको गम्भीरताका कारण क्रेन बोक्ने सवारीहरूले निकाल्ने काममा सहयोग गरिरहेका फायर ब्रिगेडले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

ग्रिक फायर सर्भिसका प्रवक्ता भासिलिस वार्थाकोगियानिसले १९४ यात्रुलाई सुरक्षित रूपमा थेसालोनिकी लगिएको सिएनएनले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १४:२२
प्रतिक्रिया दिनुहोस्