भूकम्पपछि ४० हजारभन्दा बढी सिरियाली टर्कीबाट स्वदेश फर्किए

बुधबार, फागुन १७, २०७९

अंकारा– टर्कीमा रहेका झण्डै ४२ हजार सिरियाली शरणार्थीहरू यहाँ गएको शक्तिशाली भूकम्पपछि स्वेच्छाले स्वदेश फर्किएको टर्किएका रक्षामन्त्री हुलुसी अकारले मंगलबार जानकारी दिएका छन् ।

यही फेब्रुअरी ६ मा गएको विनाशकारी भूकम्पबाट प्रभावित र दक्षिणी टर्कीमा ‘आफ्ना घर, बालबालिका र आफन्त गुमाएका’  सिरियालीहरू स्वदेश फर्किरहेको दक्षिणी हाते प्रान्तमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री हुलुसीले मंगलबार जानकारी दिएका छन् ।  

सन् २०११ मा गृहयुद्ध सुरु भएपछि आफ्नो देशबाट भागेका लगभग ३५ लाख सिरियाली शरणार्थीहरू टर्किएमा रहेका छन् । लगभग आधा शरणार्थीहरूले विनाशकारी भूकम्पबाट प्रभावित दक्षिणी टर्किएमा शरण लिएका छन् ।

टर्की सरकारले गत वर्ष सिरियाली शरणार्थीहरूलाई आफ्नो मातृभूमिमा पूर्णरूपमा फर्कन प्रोत्साहित गर्न दुई छिमेकी देशबीचको राउन्डट्रिप गर्न अस्थायी सुरक्षा अनुमतिका साथ प्रतिबन्ध लगाएको थियो । त्यसपछि सरकारले भूकम्पपछि शरणार्थीहरूका लागि आवतजावत गर्ने यात्रा प्रतिबन्धलाई पनि खुकुलो बनाएको छ ।  

फेब्रुअरी ६ मा टर्कीको दक्षिणी प्रान्त कहरामनमारासमा गएको ७.७ र ७.६ म्याग्निच्युडको भूकम्पपछि टर्की र सिरियामा ४६ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  ०५:५७
प्रतिक्रिया दिनुहोस्