विद्यालय जाँदै गरेकी बालिकाको भिरबाट लडेर मृत्यु

मंगलबार, फागुन १६, २०७९

ढोरपाटन– बागलुङमा विद्यालय जाँदै गरेकी बालिकाको भिरबाट लडेर मृत्यु भएको छ । 

बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटकी आठ वर्षीया प्रतिक्षा घर्ती मगरेको आज भिरबाट लडेर ज्यान गएको हो ।

मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए । उनी साथिसित घरबाट विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन् । 

शव परीक्षणका लागि सदरमुकाम बागलुङ ल्याइएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  २२:०४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार