उच्च अंकले घटेर २ हजार बिन्दु तल झर्‍यो सेयर कारोबार

दुई घण्टामा ३४ अंकको गिरावट
सोमबार, फागुन १५, २०७९

काठमाडौंँ– साताको दोस्रो दिन सोमबार पनि सेयर बजार सुरुवाती अवधिदेखि घट्दै गएको छ । सेयर कारोबार सुरु भएको दुई घण्टाको अवधिमा सेयर बजार ३४.२८ अंकले घटेको छ । त्यस्तै, दोहोरो अंकले सेयर घट्दा २ हजार बिन्दु माथिको कारोबार घटेर १९९२.९० बिन्दुमा झरेको छ ।

सो अवधिसम्म १.६ प्रतिशत घटेको सेयर बजार अझै बढ्ने देखिएको छ । आइतबार पनि कारोबार भएको ५० औँ मिनेटमा ५७ अंकले घटेको थियो । उच्च अंकले घटेको सेयर बजार सम्हालिँदै अन्तिम समयमा ४ अंकले बढेको थियो । सोमबार पनि त्यस्तै अवस्था रहने देखिन्छ ।

अहिलेसम्म सबै सूचक र उपसूचकहरू राताम्मे देखिएका छन् । सरकार परिवर्तन, राष्ट्रपति निर्वाचनलगायतका हल्लाका कारण पनि सेयर बजारमा निकै उतारचढाव आइरहेको छ । 

दिउँसो १ बजेसमम २०३ कम्पनीको ऋणपत्रको मूल्य घटेको छ भने ९ वटा कम्पनीको मात्र ऋणपत्रको सेयर मूल्य बढेको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्