मेसीको ७०० गोल पूरा

सोमबार, फागुन १५, २०७९

काठमाडौँ– अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनल मेसीले आफ्नो क्लब करिअरमा ७०० गोल पूरा गरेका छन् ।

गएराति फ्रेन्च लिग वानअन्तर्गत मार्सेईविरुद्धको खेलमा गोल गर्दै पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट खेलिरहेका मेसीले ७०० गोल पूरा गरेका हुन् ।

मेसीले खेलको २९ औं मिनेटमा गोल गरेका थिए । केलियन एम्बाप्पेले २ गोल गरेपछि खेल पिएसजीले ३–० ले जितेको थियो ।

मेसी क्रिस्टियानो रोनाल्डोपछि क्लब करिअरमा ७०० गोल पूरा गर्ने दोस्रो खेलाडी हुन् ।

मेसीले राष्ट्रिय टोलीबाट ९८ र क्लबबाट ७०० गरी जम्मा ७९८ गोल गरेका छन् । 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  ११:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेसी मियामी जाने निश्चित
सोमबार, फागुन १५, २०७९

मेसी साउदी जाने पक्का
सोमबार, फागुन १५, २०७९

मेसी २ साताका लागि निलम्बनमा 
सोमबार, फागुन १५, २०७९