पिंजडा अन्ततः भत्किने भयो ! कांग्रेस महामन्त्री शर्मा

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘पिंजडा’ भत्किन लागेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘पिंजडा’ अन्ततः भत्किन लागेको उल्लेख गरेका छन् । राष्ट्रपति पदमा नेपाली कांग्रेसको उम्मेदवारलाई विजयी गराउने विषयमा बहुमत दलहरूले सर्वसम्मत निर्णय गरेको जानकारी दिँदै महामन्त्री शर्माले पिंजडा भत्किन लागेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्,– ‘पिंजडा अन्ततः भत्किने भयो ! राष्ट्रपति पदमा नेपाली काँग्रेसको उम्मेदवारलाई विजयी गराउने बहुमत दलहरूको सर्वसम्मत निर्णय !’

यसअघि गत माघ ५ गते बसेको प्रतिनिधिसभाको बैठकमा महामन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘पिंजडामा राख्न खोजेको’ टिप्पणी गरेका थिए ।

त्यसअघि अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले ढोक्सा थापेको टिप्पणी गरेका थिए । ओलीको सोही टिप्पणीको जवाफमा आफूहरुले ढोक्सा थापेको नभइ ओलीले प्रधानमन्त्रीलाई पिंजडामा राख्न खोजेको टिप्पणी गरेका थिए ।

Capture1677250071.JPG


 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  २०:३२
प्रतिक्रिया दिनुहोस्