नेभिगेशन
अर्थ विविध

सरकारले तोक्यो गहुँको न्यूनतम मूल्य

काठमाडौँ –सरकारले गहुँको न्यूनतम मूल्य तोकेको छ । फागुन ११ गते बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम मूल्य प्रतिक्विन्टल तीन हजार ३५१ रुपैयाँ निर्धारण गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 

आर्थिक वर्ष २०७९/८०का लागि गहुँको मूल्य निर्धारणका लागि उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो ।  साथै सरकारले संवैधानिक परिषद् सम्बन्धी ऐन संसद् सचिवालयमा दर्ता गर्ने निर्णय गरेको छ । फिर्ता भएको संवैधानिक परिषद् सम्बन्धी ऐन सुधारसहित दर्ता गर्न लागिएको प्रवक्ता शर्माले जानकारी दिइन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध