भाखा नाघेको ३० दिनभित्र कर्जा तिरेमा जरिमाना नलाग्ने

शुक्रबार, फागुन १२, २०७९

काठमाडौं–ऋणीले तिर्नुपर्ने सावा÷ब्याज दायित्व भाखा नाघेको कर्जा ३० दिनभित्र तिरेमा जरिमाना नलाग्ने भएको छ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै नेपाल राष्ट्र बैंकले शुक्रबार यस्तो प्रावधान ल्याएको हो ।

यस्तो सहुलियत २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको सावाँ र ब्याजमा मात्र लागू हुने भएको छ । तर, कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको सावाँ÷ब्याज भुक्तानी नगरेमा पूर्वनिर्धारित शर्त बमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन भने यस्तो व्यवस्थाले बाधा पुर्याएको नमानिने राष्ट्र बैंकको नयाँ प्रावधानमा उल्लेख छ ।

त्यस्तै, साना तथा मझौला  उद्योग व्यवसाय सञ्चालनमा सहजीकरण गर्न बैंक तथा वित्तिय संस्थाबाट प्रवाह भएको २ करोडसम्मको कर्जालाइ ऋणीको अनुरोधमा उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी एक पटकका लागि ऋणीले बुझाउनुपर्ने ब्याजको १० प्रतिशत असुल उपर गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १५:५२
प्रतिक्रिया दिनुहोस्