नेभिगेशन
अर्थ विविध

विद्युत् वितरण प्रणाली सुधार गर्न ५ जापानी कम्पनी इच्छुक

काठमाडौँ– नेपालमा प्रसारण तथा वितरण प्रणाली सुधार गर्न ५ वटा जापानी कम्पनी इच्छुक देखिएका छन् ।

खास गरी, सहरी क्षेत्रको प्रसारण लाइन र वितरण प्रणाली सुधार गर्न जापान सहयोग नियोग (जाइका)ले लगानी गरिरहेको छ ।

प्रसारण तथा वितरण प्रणालीको विस्तृत डिजाइन र निर्माण गर्न ५ वटा जापानी कम्पनी सर्टलिस्टमा परेका हुन् ।

‘नेपालमा प्रसारण तथा वितरण प्रणाली सुधार परियोजन’ अन्तर्गत जापान इन्टरनेशनलको लगानीमा जाइकाले विभिन्न ५ वटा कम्पनीलाई सर्टलिस्टमा राखेको हो । 

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको ग्रिड विकास विभागका अनुसार टोक्यो इलेक्ट्रिक पावर सर्भिस कम्पनी, निप्पोन केइई कम्पनी लिमिटेड, न्युजेक इन्स कोटो–कु, टोकियो, द चिगोकु इलेक्ट्रिक पावर कम्पनी र याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड सर्टलिस्टमा परेका हुन् । यी सबै जापानी कम्पनी हुन् ।

No description available.

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध