तीन हजारभन्दा बढी अफगानी स्वदेश फर्किए

शुक्रबार, फागुन १२, २०७९

काबुल– इरानमा शरणार्थी जीवन बिताइरहेका तीन हजारभन्दा बढी अफगान नागरिक स्वदेश फर्केका छन् ।

अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले इरानबाट आज तीन हजार पाँच सय ४१ जना अफगानी स्वदेश फर्केका जनाएको हो । 

मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार विदेशम शरण लिएका अफगान नागरिकको स्वदेश फिर्तीको क्रम जारी छ । बितेका ६ महिनामा इरानबाट दुई लाख ७० हजारभन्दा बढी शरणार्थी घर फर्केका छन् ।

२५ लाखभन्दा बढी अफगानी इरानमा शरण लिएर बसेका छन् भने त्यति नै संख्यामा अफगान नागरिक पाकिस्तानमा रहेका बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  ०५:४०
प्रतिक्रिया दिनुहोस्