नेता खनाल बंगलादेश प्रस्थान

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ –नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल बिहीबार बंगलादेश प्रस्थान गरेका छन् ।

‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार बंगलादेशमा मानव अधिकारको अवस्था’ सम्मेलनमा अतिथिका रूपमा भाग लिन खनाल बिहीबार त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

खनालको साथमा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मुहम्मद मियाँ, विदेश विभाग सचिव शंकर खतिवडालगायत पनि सहभागि छन् ।

खनालले शुक्रबार ढाकास्थित सर्वोच्च अदालतमा आयोजित ‘मानव अधिकार सम्मेलन–२०२३’ लाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले शुक्रबार नै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १३:१३
प्रतिक्रिया दिनुहोस्