अफगानिस्तानका उपप्रधानमन्त्रीले गरे पाकिस्तानसँग सम्बन्ध सुधार्ने प्रस्ताव

बिहीबार, फागुन ११, २०७९

काबुल– अफगानिस्तानको कामचलाउ सरकारका कार्यवाहक उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादारले बुधबार अफगानिस्तान र पाकिस्तानबीच द्विपक्षीय सम्बन्ध विस्तार गर्न आह्वान गरेको सरकारी बख्तर समाचार एजेन्सीले उल्लेख गरेको छ।

पाकिस्तानी रक्षामन्त्री ख्वाजा मोहम्मद आसिफसँगको भेटमा उनले अफगानिस्तान र पाकिस्तान दुई छिमेकी राष्ट्र भएकाले राम्रो सम्बन्ध हुनुपर्ने बताएका हुन् ।

उक्त भेटमा द्विपक्षीय सम्बन्धको विकास, व्यापार, क्षेत्रीय सम्पर्क सञ्जाल र आर्थिक सहयोगलगायत आपसी हितका  विभिन्न विषयमा छलफल भएको प्रतिवेदनले जनाएको छ । उच्चस्तरीय प्रतिनिधिमण्डलको प्रमुखका रूपमा आसिफले बुधबार काबुलको भ्रमण गरी बरादरसँग भेटवार्ता गरेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  ०५:५७
प्रतिक्रिया दिनुहोस्