कांग्रेसकै उम्मेदवार राष्ट्रपति : महामन्त्री शर्मा

आइतबार, फागुन ७, २०७९

सुर्खेत–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका छन् । आइतबार सुर्खेतमा बोल्दै महामन्त्री शर्माले कांग्रेस सत्ता बाहिर रहे पनि राष्ट्रपति भने आफ्नै पार्टीको उम्मेदवार हुने ठोकुवा गरे । शर्माले पार्टीकै कमजोरीको कारण सत्ताबाट बाहिरिएको स्वीकार  गर्दै अब राष्ट्रपति भने कांग्रेसकै पोल्टा जाने विश्वास व्यक्त गरे ।

वर्तमान गठबन्धन एम्बुस थापेर बनेको शर्माको टिप्पणी छ । चुनावअघिको गठबन्धन कुनै एम्बुस थापेर नभई समयको आवश्यकताले बनेको उनको जिकिर छ ।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १३:३१
प्रतिक्रिया दिनुहोस्