हङकङको जनसंख्या घट्दो क्रममा

शुक्रबार, फागुन ५, २०७९

हङकङ– सन् २०२१ को तुलनामा सन् २०२२ मा हङकङको जनसंख्या घटेको छ । सन् २०२१ को अन्त्यमा ७४ लाख १ हजार ५०० रहेको यहाँको जनसंख्या गत वर्षको अन्त्यमा ०।९ प्रतिशतले घटेको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले जनाएको छ ।

सन् २०२२ को अन्त्यमा यहाँको जनसंख्या ७३ लाख ३३ हजार २०० अभिलेखीकरण भएको थियो । त्यस वर्ष ३२ हजार ५०० शिशुको जन्म भयो भने ६२ हजार १०० जनाको मृत्यु भएको जनगणना विभागले बताएको छ । कोराना महामारीका कारण मृत्युको अनुपात बढेको अनुमान गरिएको छ ।

यसैबीच, हङकङले चिनियाँ मुख्य भूमि र विश्वका अन्य देशबाट पर्यटक भित्र्याउन कोभिडसम्बन्धी सबै प्रतिबन्ध हटाएपछि यहाँको अर्थतन्त्र गतिशील हुने ठानिएको छ । 

५ लाख पर्यटकलाई निःशुल्क यात्राको व्यवस्था मिलाउने घोषणा विशेष प्रशासनिक क्षेत्र सरकारले गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ११:५४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार