नेभिगेशन
विश्व

अमेरिकामा कारको खुद्रा कारोबार बढ्यो

वासिङ्टन– संयुक्त राज्य अमेरिकामा जनवरी महिनामा कारको खुद्रा बिक्री बढेको बुधबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ ।

अमेरिकी केन्द्रीय बैंकले मागलाई सहज बनाउन काम गरिरहेको र नीति निर्माताहरूले उर्लँदो मुद्रास्फीतिमा लगाम लगाउने प्रयास गरिरहेका समय कार बिक्रीमा वृद्धि भएको हो । अमेरिकामा अन्य विश्व समुदायमा जस्तै एक वर्षमा ब्याज दर तीव्र रूपमा वृद्धि भएको छ ।

नीतिको प्रभाव पहिले लचिलो उपभोक्ता खर्चसहित सबै क्षेत्रहरूमा सुधार भइरहेको संकेततहरू भए पनि पछिल्लो तथ्यांकले चिन्ता उत्पन्न गर्न सक्छ ।

दुई महिनाको सङ्कुचनपछि गत महिना बिक्री तीन प्रतिशतले बढेर ६ सय ९७ दशमलव शून्य अर्ब डलर पुगेको वाणिज्य मन्त्रालयको बुधबारको प्रतिवेदनमा उल्लेख छ ।

कार तथा अन्य सवारी साधनका डिलरहरूको बिक्री डिसेम्बरदेखि जनवरीसम्मको अवधिमा ६ दशमलव ४ प्रतिशतले बढेको बताइएको छ ।

अमेरिकी डिपार्टमेन्ट स्टोरको कारोबारमा १७ दशमलव ५ प्रतिशतले बिक्री बढेको छ भने रेस्टुरेन्ट तथा बारमा ७ दशमलव २ प्रतिशतले वृद्धि भएको छ ।

ब्याजदर दर वृद्धिको उनीहरूको अभियान कहिले रोक्न सकिन्छ भनी मूल्यांकन गरिरहेका अधिकारीहरूले उपभोक्ताहरू पछि हट्दैछन् भन्ने संकेतको पर्खाइमा रहेको बुझ्न सकिन्छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

अमेरिकी अर्थतन्त्रमा गिरावट