नेभिगेशन
समाज विविध

नेपाल र भारतका रक्षामन्त्रीबीच भेटवार्ता

काठमाडौँ –रक्षामन्त्री हरिप्रसाद उप्रेतीले भारतीय समकक्षी राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । पाँच दिने भारत भ्रमणमा रहेका मन्त्री उप्रेतीले सोमबार भारतका रक्षामन्त्री सिंहसँग बैङ्लोरमा साइडलाइन वार्ता गरेका हुन् ।

उनीहरूबीच २ देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे छलफल भएको छ । सैनिक सहकार्य गर्ने विषयमा पनि छलफल भएको छ । नेपाल र भारतीय सैनिकबीच हरेक वर्ष संयुक्त अभ्यास भइरहेको छ ।

उप्रेती बैङलौरमा भइरहेको डीफेन्स एक्सपोमा सहभागी हुन भारत गएका हुन् । फागुन १ देखि सुरु भएको एक्सपो फागुन ५ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चार दिन प्रि-बजेट छलफल हुने