नेपालले टर्कीलाई दियो राहत सामग्री

सोमबार, फागुन १, २०७९

काठमाडौँ – नेपाल सरकारले भूकम्प प्रभावित देश टर्कीलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले टर्की एयरलाइन्सका जनरल म्यानेजर सर्कन बसारलाई राहत सामग्री हस्तान्तरण गरेकी हुन् ।

नेपालले सहयोग प्रदान गरेको सामग्री सोमबार टर्की एयरलाइन्सबाट भूकम्पपीडितका लागि राहत सामग्री पठाइएको हो ।

विभिन्न संघसंस्थाको समन्वयमा नेपाल सरकारले राहत सामग्री पठाएको हो । राहतमा टेन्ट, न्यानो कपडा, औषधी, स्वास्थ्य उपकरणलगायतका सामग्री छन् ।

सामग्रीको कुल तौल २२ हजार ७८७ केजी रहेको छ । १९ वटा पल्लेटमध्ये सोमबार ३ वटामात्र पठाइएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १२:२०
प्रतिक्रिया दिनुहोस्