दुर्घटनामा २ जनाको मृत्यु

सोमबार, फागुन १, २०७९

सिन्धुली – सिन्धुलीमा रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

मदन भण्डारी लोकमार्ग अन्तर्गत मरिण गाउँपालिका–७ महेश्वता क्याम्पस चोक नजिकैको नङगेडी पुलनजिकै रोकी राखिएको ना ३ त १६० नम्बरको ट्र्याक्टरसँग बा ५८प ९०९८ नम्बरको मोटरसाइकल ठोक्किएको हो । 

दुर्घटनामा मरिण गाउँपालिका–४ का ३३ वर्षका जितेन्द्र माझी र त्यही ठाउँका ३२ वर्षका मेषबहादुर माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको प्राथमिक स्वास्थ्य चौकी कपिलाकोटमा उपचारका क्रममा मृत्यु भएको हो । 


 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १०:५७
प्रतिक्रिया दिनुहोस्