३ लाखले अवलोकन गरे क्यान इन्फोटेक

आइतबार, माघ २९, २०७९

काठमाडौँ– भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक मेला ३ लाख मानिसले अवलोकन गरेका छन् ।

मेलामा ३ लाख मानिसले अवलोकन गरेको कम्प्युटर एसोसिएसन महासंघ ९क्यान० का अध्यक्ष रञ्जितकुमार पोद्दारले जानकारी दिए । 

उनले क्यान इन्फोटेकमा क्यानले सोचेअनुसार नै अवलोकनकर्ताहरूको उपस्थिति भएको बताए । मेलामा विद्यालयमा अध्ययनरत विद्यार्थीदेखि क्याम्पस स्तरमा टेक्नोलोजी अध्ययनरत विद्यार्थी र सूचना प्रविधिमा चासो राख्ने मानिस अवलोकनका लागि आएको उनको भनाइ छ । 

उनले काठमाडौँमा आज सकिने इन्फोटेक आगामी दिनमा ७ प्रदेशमा पनि सञ्चालन हुने जानकारी दिए । उनका अनुसार मधेस प्रदेशमा फागुन ५ देखि फागुन ९ गतेसम्म, सुदूरपश्चिम प्रदेशमा फागुन १३ देखि फागुन १७ गतेसम्म, गण्डकी प्रदेशमा फागुन २६ देखि फागुन ३० गतेसम्म र बाग्मती प्रदेशमा चैत २ देखि चैत ६ गतेसम्म क्यान इन्फोटेक हुनेछ ।

यस्तै, प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै इन्फोटेकको आयोजना मिति घोषणा हुने बताइएको छ । 

क्यान इन्फोटेक २०२३ यही माघ २४ देखि २९ गते ९आज० सम्म सञ्चालन भएको हो ।

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १७:०५
प्रतिक्रिया दिनुहोस्