हङकङ–मुख्यभूमि सीमा खुलेको पहिलो दिनमै झण्डै ३ लाख यात्रु बाहिरिए

मंगलबार, माघ २४, २०७९

हङकङ– हङकङ विशेष प्रशासनिक क्षेत्रका कार्यवाहक प्रमुख कार्यकारी चान क्वोक–कीले सोमबार हङकङको बीच करिब २ लाख ८० हजार जनाले सीमापार गरेको बताएका छन्। 

कार्यकारी परिषद्को बैठकअघि बोल्दै चानले सोमबारदेखि सबै सामुद्रिक, स्थल र हवाई नियन्त्रित सम्पूर्ण नाका पूर्ण रूपमा खोलिएको बताएका छन् । 

क्रस–बाउन्ड्री यात्राको पूर्ण पुनः शुरु भएको पहिलो दिन करिब दुई लाख २० हजार मानिसहरूले स्थल सीमामार्फत यात्रा गरेको बताइएको  छ ।

उक्त क्षेत्रको प्रमुख कार्यकारी जोन ली शनिबार साउदी अरब र संयुक्त अरब इमिरेट्सको भ्रमणका लागि प्रस्थान गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १८:५१
प्रतिक्रिया दिनुहोस्