मधेस सरकारले पायो पूर्णता

माओवादीका २ मन्त्रीले लिए सपथ
मंगलबार, माघ २४, २०७९

जनकपुरधाम –मधेस प्रदेश सरकारमा माओवादी केन्द्रका १ जना मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

माओवादी केन्द्रबाट सुनिता यादवले उद्योग, पर्यटन तथा वन र रहबर अन्सारीले उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीको सपथ लिएका हुन् । उद्योगमन्त्री यादवलाई मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले र राज्यमन्त्री अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले सपथ दिलाएका हुन् । मन्त्री यादवले मैथिली र राज्यमन्त्री अन्सारीले भोजपुरी भाषामा सपथ लिएका छन् । 

उद्योगमन्त्री यादव धनुषाबाट निर्वाचित समानुपातिक सांसद हुन् भने अन्सारी पर्सा १(क) बाट निर्वाचित सांसद हुन् । 

प्रदेशमा असन्तुष्ट बनेका माओवादी केन्द्रका यी २ जना सरकारमा सहभागी भएसँगै मधेस प्रदेश सरकारले पूर्णता पाएको छ । मधेस प्रदेश सरकार १५ सदस्यीय  छ । 

मुख्यमन्त्रीलाई समर्थन दिएका ४ दल सरकारमा सहभागी भए पनि माओवादी केन्द्र सहभागी नभएपछि प्रदेश सरकारले पूर्णता पाएको थिएन । 

नवनियुक्त मन्त्रीहरूले प्रदेशमा मन्त्रिपरिषद् बाँडफाँडको विषयमा असन्तुष्ट भएपनि पुरानै मन्त्रालयको मन्त्रीको रुपमा सपथ लिएका हुन् ।

list1675762785.jpg

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १५:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मधेस सरकारले पायो पूर्णता
मंगलबार, माघ २४, २०७९