अगस्त्यमा नाजिर र मलिकाको जोडी जम्दै

मंगलबार, माघ २४, २०७९

काठमाडौँ –चलचित्र ‘द अनब्रेकेबलः अगस्त्य’ मा अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महत अनुबन्धित भएका छन् । चलचित्रको सौरभ चौधरीले निर्देशन गर्दैछौं ।

निर्माण युनिटले चलचित्रको पोष्टर सार्वजनिक गर्दै मुख्य कलाकारमा नाजिर र मलिका भित्रिएको जानकारी दिएको छ ।

यसअघि चलचित्रमा अभिनेता सौगात मल्ल पनि अनुबन्धित भएका थिए ।

निर्देशक सौरभले नै चलचित्रको कथा लेखेका हुन् । २ च्याप्टरमा निर्माण हुने चलचित्रमा उनले दुवै च्याप्टरको कथा तयार पारिसकेका छन् । चलचित्रलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुनेछ । 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १२:४४
प्रतिक्रिया दिनुहोस्