मधेस सरकारले पायो पूर्णता

मंगलबार, माघ २४, २०७९

जनकपुरधाम– नेकपा माओवादी केन्द्रले मधेस प्रदेशमा सहभगी हुने मन्त्रीहरूको नाम टुंगो लगाए पछि मधेस प्रदेश सरकारले पूर्णता पाएको छ ।

प्रदेश सरकारमा सहभागी नभएको माओवादी केन्द्रले मन्त्री र राज्यमन्त्रीको टुंगो लगाएको हो । उद्योग, पर्यटन तथा वन मन्त्रालयमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई पठाउने माओवादीले निर्णय गरेको हो । 

अहिले ती मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले सम्हाल्दै आएका छन् । माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरूको टुंगो लगाएपछि मंगलबार दिउँसो १ बजे मन्त्री र राज्यमन्त्रीको सपथग्रहण कार्यक्रम तय गरिएको छ । यससँगै मधेस प्रदेश सरकारमा पहिलो पटक २ महिला क्याबेनिट मन्त्री भएका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मधेस सरकारले पायो पूर्णता
मंगलबार, माघ २४, २०७९