पूर्वी अफ्रिकी नेताहरूद्वारा पूर्वी कङ्गोमा तत्काल युद्धविरामको लागि आह्वान

आइतबार, माघ २२, २०७९

बुजुम्बुरा– पूर्वी अफ्रिकी देशका नेताहरूले पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा तत्काल युद्धविरामको लागि आह्वान गरेका छन् । 

पूर्वी अफ्रिकी समुदाय (इएसी)ले शनिबार जारी गरेको विज्ञप्ति मार्फत सो आग्रह गरिएको छ ।

पूर्वी कङ्गोमा हालको सुरक्षा अवस्थाको मूल्याङ्कन गर्न शनिबार बुरुन्डियाको वाणिज्य राजधानी बुजुम्बुरामा  प्रमुख नेतहारूको  २० औं असाधारण शिखर सम्मेलन आयोजना गरिएको थियो ।  

बैठकमा सहभागी  राष्ट्र प्रमुखहरूले सबै पक्षहरूद्वारा तत्काल युद्धविराम गर्न र सबै सशस्त्र समूहहरूलाई कारबाही फिर्ता लिन आह्वान गरेका छन् ।  

सो शिखर सम्मेलनले कङ्गोमा सेना पठाउँने देशहरूलाई तुरुन्तै सेना तैनाथ गर्न र शान्ति बहालीका लागि सहयोग गर्न आग्रह गरेका छन् ।  

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले शुक्रबार मार्च २३ आन्दोलनका विद्रोहीहरूलाई कब्जा गरिएका क्षेत्रहरूबाट फिर्ता हुनको लागि पुनः आह्वान  गरेका छन् ।  साथै, सबै सशस्त्र समूहहरूलाई निशस्त्रीकरण गर्न  समेत आह्वान गरिएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  २१:२५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार