नेभिगेशन
समाज विविध

प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन

काठमाडौँ - नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ । 

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा ९६ वर्षकाे उमेरमा आइतबार बिहान निमोनियका कारण उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि त्यहाँ भर्ना भएका हुन्। 

हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत थिए । पछिल्लो समय उनी नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक  समितिका संस्थापकका रूपमा क्रियाशील थिए। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनका २ छोरा र ३ छोरी छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध