कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा १३ जना घाइते

मंगलबार, माघ १७, २०७९

कालीकोट– सुर्खेतबाट कालीकोटतर्फ आउँदै गरेको फोर्स गाडी दैलेखको रामघाटमा दुर्घटना भएको छ ।

कर्णाली राजमार्गको दैलेखस्थित रामाघाटमा आज कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । 

प्रहरीका अनुसार दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । अन्य आठ जना समान्य घाइते भएको प्रहरीले जनाएको छ ।

११ जना यात्रु र दुई जना चालक गरी १३ जना रहेकोमा सबै जना घाइते भएको प्रहरीको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  २१:२३
प्रतिक्रिया दिनुहोस्