कार र ट्याक्सी ठोक्किँदा २ जनाको मृत्यु

सोमबार, माघ १६, २०७९

ललितपुर–ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी एक–आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

बिएन्डबी अस्पताल अगाडि भएको दुर्घटनामा बा २ ज ३४२० नम्बरको ट्याक्सीमा सवार १ जना र बा ४ च १ नम्बरको कारमा सवार १ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार ट्याक्सीमा सवार ५ जना र कारमा सवार १ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्याक्सीमा सवार सुनसरी घर भई ललितपुर महानगरपालिका ताल्छिखेल बस्ने ४७ वर्षीय सरोजकुमार विक र कारमा सवार चितवन घर भई टोखा नगरपालिका ७ ग्रीनल्यान्ड बस्ने प्रकाश आचार्य रहेका छन् । दुबैजनाको बिएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १२:५३
प्रतिक्रिया दिनुहोस्