नेभिगेशन
समाचार

मधेश प्रदेशका कृषि मन्त्रीले गरे पदभार ग्रहण

जनकपुरधाम –मधेश प्रदेश सरकारका नवनियुक्त मन्त्री इन्जिनियर बसन्त कुशवाहाले शुक्रबार पदभार ग्रहण गरेका छन् । 

मंसिर २९ गते बिनाविभागीय मन्त्रीको सपथ लिएका कुशवाहाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सपथ लिएका हुन् । 

उनले आफ्नो कार्यकक्षमा राममनोहर यादवसहित मधेश आन्दोलनका शहिदहरूको फोटो राखेर काम सुरु गरेका हुन् । 

पदभार ग्रहण गर्दै किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने बताए । 

किसानहरूको साझा समस्याका विषय र समस्या समाधान मन्त्रालयको प्राथमिकतामा रहेको मन्त्री कुशवाहाले बताए । 

यसअघि कुशवाहालाई सामाजिक विकास मन्त्रालय दिने सहमति भएपनि अन्तिम समयमा आएर उनलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

सामाजिक विकास मन्त्रालयमा अन्य सत्ता साझेदार दलहरूले समेत अडान नछाडेपछि अन्ततः यो मन्त्रालयको जिम्मेवारी कुशवाहालाई दिइएको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार